बाल संगठनको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाइने
बाल संगठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोप
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २३ गते ०१:२१
काठमाडौं। नक्सालस्थित बाल संगठन (बाल मन्दिर)को जग्गा हिनामिनाको घटनामा संलग्न १७ जना विरुद्ध मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएको छ । बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको घटनामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो।
बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो । तर महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयको राय उल्ट्याउँदै मुद्दा चलाउन निर्देशन दिने निर्णय गरेको छ।
उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो । उनीसहित १७ जना विरुद्ध मुद्दा चल्ने भएको छ ।
प्रतिवादीहरूमाथि बाल संगठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोप छ ।
Facebook Comments