तीनकुने घटना : ९औँ दिनसम्म थुनछेक बहस जारी


काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनसम्बन्धी मुद्दामा थुनछेक बहस ९ दिनदेखि जिल्ला अदालत काठमाडौंमा जारी छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बहस चलिरहेको छ भने हाल सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् ।
११ जेठमा ६१ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा चार नाबालक भक्तपुर पठाइएका छन् । हाल ३९ जना प्रतिवादी हिरासतमा छन् । बाँकीमध्ये ११ जना धरौटीमा रिहा भएका छन्, जसलाई आपराधिक उपद्रव मुद्दा लागेको हो ।
तर, आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनामाथि कर्तव्य ज्यानसमेतको मुद्दा दायर गरिएको छ । मुद्दा दायर भएको १८ दिन बित्दासमेत फैसला आउन बाँकी छ ।