Ad Image

संसद् अवरोध हटाउन प्रमुख तीन दलबीच छलफल हुँदै

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB-KTM-4066A9806copy.jpg

काठमाडौं । प्रतिनिधिसभामा जेठ १३ गतेदेखि जारी प्रतिपक्षीको अवरोध हटाउन आज तीन प्रमुख दलबीच छलफल हुने भएको छ ।

संसद् बैठक सुरु हुनु अघि नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेताहरूबीच दुई बजे संसद् भवन नयाँ बानेश्वरमा छलफल तय भएको हो ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संसद् गतिरोध अन्त्य गर्न बैठक बस्ने सहमति भएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्ड काठमाडौं फर्किएपछि दलहरूबीच क्रमशः आन्तरिक र त्रिपक्षीय छलफल हुने जानकारी दिएका छन् ।

अख्तियारले त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख तीर्थराज भट्टराईमाथि भिजिट भिसा सेटिङको आरोपमा अनुसन्धान सुरु गरेपछि प्रतिपक्षीले संसद् अवरुद्ध गर्दै आएका छन् ।

प्रतिपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै आएका छन् ।

सत्तापक्षले भने अख्तियार स्वतन्त्र छानबिन गरिरहेको अवस्थामा समानान्तर समिति आवश्यक नरहेको र गृहमन्त्रीको राजीनाको माग उचित नभएको जिकिर गर्दै आएको छ ।