प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के–के भयो छलफल?


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।
छलफलमा समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर सहभागी थिए । माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे उपस्थित थिए ।
बैठकमा संसद्को अवरोधलगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको नेताहरूले जानकारी दिएका छन् ।