Ad Image

भारतमा एयर इन्डियाको विमान दुर्घटना

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za ahamdabad.png

एजेन्सी । भारतको गुजरात राज्यस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।

इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी सहरमा रहेको विमानस्थल नजिकै लन्डनका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडान भरेको केहीबेरमै दुर्घटनाग्रस्त भएको हो ।

विमानमा २४२ जना यात्रु सवार थिए । प्रारम्भिक विवरण अनुसार घटनास्थलबाट बाक्लो कालो धुवाँ उठेको देखिएको छ ।

दुर्घटनापछि सातवटा दमकलसहित आपतकालीन उद्धार टोली घटनास्थलमा परिचालित गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।