मलेखु–मुग्लिन सडकखण्ड भोलीदेखि राति बन्द हुने


काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्डमा भोलीदेखि (३० जेठदेखि) असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन आंशिक बन्द हुने भएको छ ।
बार्बाङ, मोवा, खटौती र गोमती खोलामा आरसीसी बिम राख्ने कामका लागि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन (अत्यावश्यकबाहेक) चल्न नपाउने धादिङका डीएसपी सुवास हमालले जानकारी दिएका छन् ।
विशाल क्रेन प्रयोग गरेर काम गरिने भएकाले यो निर्णय गरिएको हो । मुग्लिनतर्फ जाने भारी सवारी साधन मुग्लिन र हलुका सवारी कुरिनटारमा र मलेखुतर्फ जाने भारी सवारी मलेखु र हलुका सवारी शितलबजारमा रोकिने जनाइएको छ ।