Ad Image

कैलालीमा २ जना फरार अभियुक्तलाई गोली प्रहार

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/goli-2-768x390.jpg

काठमाडौं । कैलालीको भजनी गाउँपालिका–७ मा प्रहरीले गोली चलाएर ज्यान मार्ने प्रयासका दुई फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयासको आरोपमा फरार मिलन चन्द र रिदम ढुंगानालाई पक्राउ गरिएको हो ।

पक्राउ गरी ल्याउने क्रममा उनीहरू पिसाब फेर्ने बहानामा भागेपछि सुरक्षाकर्मीले हवाइ फायर गरेका थिए । नियन्त्रणमा लिन नसकेपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।