Ad Image

गृहमन्त्रीमाथि छानबिनका लागि कांग्रेस–एमालेको लिखित प्रतिबद्धता

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congrss uml.jpg

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्ता पक्ष नेकपा एमाले र नेपाली कांग्रेस सहमत भएका छन् ।

प्रमुख प्रतिपक्षी दलहरूले छानबिन समिति गठनको लिखित प्रतिबद्धता आए संसद् अवरोध हटाउने बताएका थिए । त्यसअनुसार कांग्रेस र एमालेका प्रमुख सचेतकहरूले लिखित प्रतिबद्धता दिएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा प्रचण्ड, वर्षमान पुन, पूर्णबहादुर खड्का, श्याम घिमिरे र महेश बर्तौलाबीच भएको छलफलमा उक्त सहमति बनेको हो ।