Ad Image

नेपाल र वेस्ट इन्डिजबीच पहिलो पटक टी–२० शृंखला हुने

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepal-westindis.jpg

काठमाडौं । नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक विज्ञप्ति जारी गर्दै शृंखलाको घोषणा गरेको हो ।

यो शृंखला आगामी सेप्टेम्बरमा युएईको शारजाहमा हुनेछ । क्यानको वार्षिक कार्यतालिका अनुसार नै टेस्ट राष्ट्रसँगको यो ऐतिहासिक खेल तय गरिएको हो ।

यो खेल नेपालका लागि केवल ऐतिहासिक मात्र नभई, अक्टोबरमा ओमानमा हुने टी–२० विश्वकप एसिया छनोटको तयारीका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ ।

क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई सहकार्यका लागि धन्यवाद जनाएको छ । यसअघि वेस्ट इन्डिज ए टोलीले नेपाल भ्रमण गरी शृंखला खेलेको थियो ।