मधेश प्रदेशका सांसद सरोज कुमार सिंह अख्तियारको नियन्त्रणमा


काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेश सांसद सरोज कुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको छ ।
महोत्तरी–४ (ख) बाट निर्वाचित सिंहको घरमा १२ जेठमा छापा मारिएको थियो । सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पनि पक्राउ परेका थिए ।
अख्तियारले घरबाट विभिन्न योजनासम्बन्धी कागजात र मोबाइल बरामद गरी डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएको थियो । सिंह मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।