Ad Image

अहमदाबाद विमान दुर्घटना : २ सय ४ जनाको मृ*त्यु भएको पुष्टि

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za ghatana.jpg

एजेन्सी । भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा २ सय ४ जनाको मृत्यु भएको छ ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएकाे पुष्टि गरेका छन् । मलिकले बिबिसी हिन्दीसँग कुरा गर्दै भने, ‘केही जीवित रहेका यात्रु हुन सक्ने सम्भावना छ, तर अहिलेसम्म २०४ जनाको शव संकलन गरिएको छ ।’

उनका अनुसार हालसम्म ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ ।

विमान उडान भरेको केहीबेरमै एउटा आवासीय क्षेत्रमा खसेर दुर्घटनामा परेको हो । उक्त विमानमा कुल २४२ जना सवार थिए, जसमा २३२ जना यात्री र १० जना चालक दलका सदस्य थिए ।