प्रतिनिधिसभा बैठक शुक्रबार बस्नेगरी स्थगित


काठमाडौं । प्रतिनिधिसभा बैठक विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन् । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै बैठक अवरुद्ध गरिरहेका छन् ।
भिजिट भिसा प्रकरणमा छानबिनका लागि सत्तारुढ दलले लिखित प्रतिबद्धता जनाउने तयारी गरेको छ । रास्वपाले भने निर्णयका लागि अझै केही समय माग गरेको छ ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि संसद नियमित सञ्चालन हुने बताएका छन् ।