तीन शीर्ष नेताहरूकाे बैठक सिंहदरबारमा बस्दै


काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे हुने बैठकमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधबारका लागि तय गरिएको बैठक माओवादी अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आजका लागि सारिएको हो ।
बैठकमा हालको राजनीतिक अवस्था, संसद्को सञ्चालन, बजेटको बहस र दलहरूबीचको समन्वय जस्ता विषयमा छलफल हुने जनाइएकाे छ ।