तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य सामान्य रूपमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेर १ लाख ९५ हजार ५०० रुपैयाँमा झरेको छ । बुधबार यो मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेर २ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो दर २ हजार २२५ रुपैयाँ थियो ।
महासंघका अनुसार केही दिनको आन्दोलनका कारण बन्द रहेका राजधानीका सुनचाँदी पसलहरू बिहीबारदेखि पुनः नियमित सञ्चालनमा आएका छन् ।