Ad Image

न्यायाधीश र कानूनमन्त्रीको फोन कल सार्वजनिक गर्न सांसद सिंहको माग

User Image मेयरसाप डेस्क | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Amresh kumar sing.jpg

काठमाडौं  । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेता र न्यायाधीशबीचको फोन कल डिटेल सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कानून मन्त्री अजयकुमार चौरसियामाथि न्यायप्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

सिंहले भने, “म सुनिरहेको छु कि यदि कानून मन्त्रीसँग कुनै मुद्दा छ भने जिल्ला अदालतको सबैभन्दा वरिष्ठ न्यायाधीशलाई फोन गर्ने चलन छ भने, उच्च अदालतमा छ भने प्रधानन्यायाधीशलाई फोन गर्ने गरिन्छ। यस्तो हुँदा कल डिटेल सार्वजनिक गरिनुपर्छ। किन कानून मन्त्रीले न्यायाधीशसँग कुरा गर्नुपर्ने? प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष हुन्छन् र जिल्ला अदालतको न्यायाधीश सदस्य नै हुँदैनन्।”

उनले आफूले गरेको आरोप गलत सावित भए आफू सांसद पदबाट राजीनामा दिन तयार रहेको पनि बताए ।