Ad Image

गरुडा नगरपालिकाको नगरसभामा मन्त्री गुप्तालाई ५१ किलोको माला लगाएर स्वागत

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news865761..jpg

रौतहट । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई ५१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ।

रौतहटको मध्यभाग गरुडा नगरपालिकाको नगरसभा १३ औं अधिबेसनको अवसरमा शुक्रवार प्रमुख अतिथिको रुपमा सहभागी भएका मन्त्री गुप्तालाई मेयर कन्थमणि प्रसाद जैसवाल, उपमेयर पुनमदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताक आलमले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन्।

कार्यक्रमका विशिष्ट अतिथि रौतहटका सिडियो बिनोद कुमार खड्का, एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्तालगायतले सम्बोधन गरेका छन् । पालिकाको नगरसभा जारी छ ।