विराटनगरमा कोरो*ना संक्रमित महिलाको मृ*त्यु

काठमाडौं । इलामको सूर्योदया नगरपालिका घर भएकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलवार बिहान आकस्मिक कक्षमा भर्ना भएर उपचाररत ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।
सात दिनदेखि स्वास्थ्यमा समस्या भएकी महिलालाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमवार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि आज विराटनगर लगिएको थियो। उनको उपचारका क्रममा आजै मृत्यु भएको अस्पतालले जनाएको छ ।