Ad Image

सुदूरपश्चिममा आफ्नो मन्त्री बर्खास्त गरेपछि नाउपा रुष्ट, सरकारबाट समर्थन फिर्ता लिने तयारी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rameshwor-chaudhary.jpg

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् । आर्थिक विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई केही दिनअघिनै राजीनामा दिन निर्देशन दिएका थिए ।

तर मन्त्री चौधरीले राजीनामा नदिने अडान लिएका थिए । मुख्यमन्त्री शाहले मन्त्रालय आफैँसँग राखेका छन् । कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग चौधरीको नाम मुछिएको थियो ।  

यसैबीच  पार्टीको सल्लाह बिना मन्त्री चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपा रुष्ट भएको छ । नाउपाले अब प्रदेश र संघीय सरकारबाट फिर्ता हुने बताएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् ।  संघीय सरकारमा नाउपाबाट अरुण चौधरी राज्यमन्त्री छन् ।