कांग्रेस पदाधिकारी बैठक सभापति देउवा निवासमा बस्दै

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sher-bahadur-deuba.jpg

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन् ।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीका साथै सरकारमा रहेका केही मन्त्रीहरूलाई पनि बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, नेकपा एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कार्यशैलीको समीक्षा लगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीको कार्यशैली र सरकारले अघि बढाएका विभिन्न विधेयकका कारण कांग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ । यता, अनुशासन आयोगको कारबाहीले पनि इतर पक्ष बिच्किएको छ ।


Facebook Comments