Ad Image

दुर्घटनाबारे तत्काल जानकारी दिन सशस्त्र प्रहरीद्वारा विद्युतीय उपकरण जडान

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hsdghdsbhcjv.jpg

काठमाडौं । सशस्त्र प्रहरी बलले सम्भावित विपद् तथा दुर्घटनाबारे तत्काल जानकारी दिन चितवनको सिमलताल र धादिङको चरौँदीमा विद्युतीय उपकरण जडान गरेको छ ।

यो उपकरणमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्दा दुर्घटना भएको जानकारी सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पुग्नेछ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, तालिम शिक्षालयमा रहेको मनिटरमा घटना भएको स्थानसहितको विवरण देखिनेछ र त्यसपछि तत्काल उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिनेछ ।

यसका साथै, नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीयले मोबाइलमा ‘लुना जीपीएस’ एप डाउनलोड गरेर पनि विपद्का घटनाबारे जानकारी दिन सक्नेछन् ।

एपमा रहेका एम्बुलेन्स, बाढीपहिरो, आगलागी र दुर्घटनाजस्ता विकल्पहरूमा थिचेर अफलाइन माध्यमबाट समेत जानकारी पठाउन सकिने थापाले बताए ।