Ad Image

एकै वडाका तीन किशोरी बेपत्ता

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bepatta_missing_1RLiJlGr9N.jpg

तनहुँ । भानु नगरपालिकाबाट एकैदिन तीन किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुने तीनै जना भानु नगरपालिका–२ भकुन्थोक निवासी रहेका छन् ।

बेपत्ता हुनेमा १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार रहेका छन् । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरू विद्यालय नगई बेपत्ता भएका हुन् । 

सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजीका लागि निवेदन दिएका छन् । 

उनीहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । उनीहरूको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ ।