Ad Image

अवरुद्ध सिद्धबाबा सडकखण्ड एकतर्फी सञ्चालन

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/siddabab 1.jpg

तानसेन । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रका तीन ठाउँमा पहिरो खसेपछि सोमबार साँझदेखि पूर्णरूपमा बन्द भएको यो सडक आज साँझदेखि खुलेको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार, वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनको सहयोगमा पहिरो पन्छाएर सडक खोलिएको हो । यद्यपि, वर्षा फेरि सुरु हुनेबित्तिकै माथिबाट ढुङ्गा खस्न सक्ने भएकाले सडक पुनः अवरुद्ध हुने जोखिम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानबाट आउने सवारीसाधन बाटोमा रोकिएका थिए । प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ ।