लक्ष्य अनुसार सिँचाइ क्षेत्रको विकास नभएपछि ऊर्जामन्त्रीको असन्तुष्टि

.jpg)
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ क्षेत्रको विकासमा लक्ष्यअनुसार काम नभएको भन्दै कर्मचारीलाई काममा तीव्रता दिन निर्देशन दिएका छन् ।
आज जलस्रोत तथा सिँचाइ विभागको समीक्षा गोष्ठीमा बोल्दै उनले प्रत्येक वर्ष १४ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुर्याउने लक्ष्यले ढिलाइ भएको बताए ।
मन्त्री खड्काले अब वार्षिक कम्तीमा एक लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा ठूलो लगानी भए पनि समयमा काम सम्पन्न नहुँदा राज्यलाई आर्थिक भार परिरहेको भन्दै सबैलाई जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
विभागका महानिर्देशक मित्र बरालले आर्थिक वर्ष २०८१\८२ मा ८९.१५ प्रतिशत भौतिक प्रगति हासिल भएको जानकारी दिए । हालसम्म देशभर २५ लाख हेक्टरमध्ये १५ लाख ८६ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ ।