राजसंस्थाको माहोल बन्दैछ, राप्रपा अब विभाजित हुँदैन : राजेन्द्र लिङ्देन

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Rajendra-Prasad-Lingden-1.png

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब पार्टी विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाउने प्रवृत्ति रहे पनि अब त्यो सम्भावना सकिएको उनको भनाइ छ ।

लिङ्देनले भने, ‘अब राप्रपा कहिल्यै विभाजित हुँदैन। पार्टीभित्र देखिएका समस्या छलफल गरेर समाधान गर्नुपर्छ।’ उनले पार्टीको निर्णय चित्त नबुझेमा महाधिवेशनमा गएर नेतृत्वलाई चुनौती दिन सकिने बताए ।

पार्टीभित्र असन्तुष्ट पक्षले विधानविपरीत काम गरिरहेको आरोप लगाउँदै लिङ्देनले विधानअनुसार नै जिम्मेवारी हेरफेर गरिएको दाबी गरे । उनले विधानले अध्यक्षलाई समिति गठन र जिम्मेवारी बाँडफाँड गर्ने अधिकार दिएको बताए ।

फरक प्रसङ्गमा उनले नेपालजस्तो भूराजनीतिक अवस्था भएको देशका लागि अभिभावकीय संस्थाका रूपमा राजसंस्था उपयुक्त हुने धारणा राखे । उनले पछिल्लो समय राजसंस्थाको पक्षमा माहोल बन्दै गएको पनि बताएका छन् ।


Facebook Comments