लैङ्गिक संवेदनशीलता विशेष वर्गको मात्र मुद्दा होइन : देउवा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GopalDahal_KTM_RSS_25__DG_7767(3).jpeg

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभई यो समग्र सामाजिक रूपान्तरणको महत्त्वपूर्ण विषय भएको बताएका छन् ।

आइतबार आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित लैङ्गिक संवेदनशीलता सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

लैङ्गिक समानताप्रति सबै संवेदनशील भए मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने देउवाको भनाइ छ । उनले यसबारे उठेका विचार तथा सुझावलाई कार्यान्वयन गर्न पार्टीले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सभापति देउवाले सोसल डेमोक्रेसीको सञ्जालले एसियाली क्षेत्रको राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो र फराकिलो बनाउँदै आएको उल्लेख गरे । 

यसै सन्दर्भमा उनले महिला मताधिकारका लागि आन्दोलन गर्ने नेपाली कांग्रेसकी नेतृ तथा नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको पनि स्मरण गरेका थिए ।


Facebook Comments