रास्वपाका पूर्व महामन्त्री मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतद्वारा खारेज

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarbchha adalat.JPG

काठमाडौं । ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।


ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो । निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए ।

ढकालले गत असार ११ गते रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।


Facebook Comments