प्रधानमन्त्री ओली भन्छन्– ‘म पनि च्याटजीपीटी चलाउँछु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधिको नियमित प्रयोगकर्ता रहेको बताएका छन् । शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’मा बोल्दै उनले आफू च्याटजीपीटीको भरपुर उपयोग गरिरहेको जानकारी दिए ।
ओलीले भने, ‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ ।’ उनले आफू प्राविधिक क्षेत्रको व्यक्ति नभए पनि सरकारले सूचना तथा सञ्चार प्रविधि र एआईलाई प्राथमिकतामा राखेर नीति पास गरेको जानकारी दिए ।
यद्यपि, उनले बालबालिकालाई भने मोबाइलको अत्यधिक प्रयोगबाट जोगाउनुपर्नेमा जोड दिए । बालबालिकाहरू मोबाइलमा गेममा मात्रै केन्द्रित भएको भन्दै उनीहरूलाई सिर्जनात्मक काममा लगाउनुपर्ने उनको भनाइ थियो ।
Facebook Comments