डेंगु नियन्त्रण गर्न ३ सय युवा परिचालन गर्दै काठमाडौं महानगरपालिका

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mahanagar-kmc.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण गर्न झण्डै ३०० युवा परिचालन गर्ने तयारी गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा उनीहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने जनाएको छ ।    

महानगरपालिकाका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार अहिले महानगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा युवालाई परिचालन गर्न लागेको हो । यसअन्तर्गत लामखुट्टेको  लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ । त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा, टायर हटाउने, उद्यान सरसफाइमा विशेष ध्यान दिनेलगायत काम गरिने उनले जानकारी दिए ।   

महानगरपालिकाले सहरी व्यवस्थापन विभागसँग मिलेर अव्यवस्थित रूपमा राखेका सामान हटाउनका लागि पहल गर्ने, पानी जम्ने सम्भावना भएको अवस्थालाई व्यवस्थापन गर्ने तयारी पनि गरेको छ । यससँगै कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग र नेपाल रेडक्रस सोसाइटी तथा नागरिक सचेतना पनि सञ्चालन गरिने छ । 

वडा कार्यालय, स्वास्थ्य प्रवद्र्धन केन्द्र, स्थानीय क्लब, सामुदायिक प्रहरी र स्वास्थ्य स्वयंसेविकाको सहभागितामा यो अभियान सञ्चालन हुनेछ । त्यसैगरी महानगरपालिकाले हैजा रोग नियन्त्रण गर्न खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न प्लास्टिक ¥याप, स्टिकर र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ । 


Facebook Comments