अस्ट्रेलियाको मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cricket-nepal3.jpg

काठमाडौं । टप इन्ड टी–२० सिरिज अन्तर्गत आज भएको खेलमा अस्ट्रेलियाको मेलबर्न स्टार्सले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ ।  डार्विनस्थित टीआईओ स्टेडियममा जारी खेलमा नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको मेलर्बनले सात विकेटको क्षतिमा १७५ रन बनायो ।   

मेलर्बनका थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले सानदार अर्धशतक बनाए । थोमसले ४६ बलमा ६५ रन बनाउँदा ब्लेकले ४७ बलमा ७४ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र साहब आलमले एकएक विकेट हात पारे । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।  

नेपालले हालसम्म सिरिजमा दुई खेलमा हार व्यहोरेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । 


Facebook Comments