बुढानिलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृ*त्यु, ३ घाइते

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

गोल्फुटारदेखि बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र बुढानिलकण्ठ देखि गोल्फुटारतर्फ जादै गरेको प्रदेश ३–०२–००२ प ५७२ मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।  बुढानिलकण्ठ नगरपालिका–७, स्पेसल चोकमा राति १ बजेतिर सो दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। 

घाइतेहरूको त्रिवि शिक्षण अस्ताल महाराजगञ्जमा उपचार भइरहेको छ । घाइतेमध्ये गोरखा आरुपोखरीका २४ वर्षीय एरिक परियारको मात्र पहिचान भएको छ ।

उनको निधार र खुट्टामा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । थप दुई घाइतेमध्ये एकको बाँया हात र टाउकोमा चोट लागेको छ भने अर्का व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।

दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का करिब ३५ वर्षीय पुरुषको पनि सोही समयमा अस्पतालमा मृत्यु भएको हो । तर उनको पहिचान नभएको प्रहरीले बताएको छ ।

मृतक दुवैजनाको शव त्रिवि शिक्षण अस्पतालमै राखिएको छ र आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको स्कुटरमा दुई र मोटरसाइकलमा तीन जना सवार थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Facebook Comments