‘मानव बेचबिखन नियन्त्रण विधेयक’ संसदीय समितिमा पठाइयो


काठमाडौं । प्रतिनिधिसभाले आजको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सर्वसम्मत रूपमा समितिमा पठाउने निर्णय गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सो विधेयकलाई सम्बन्धित समितिमा पठाउनका लागि प्रस्ताव गरेका थिए ।
यो विधेयक सरकारले २०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो, जसको सामान्य छलफल गत साउन ८ गते भएको थियो ।
अब यो विधेयकले समितिमा दफावार छलफलपछि कानुनको रूप लिने प्रक्रिया अगाडि बढाउनेछ । प्रतिनिधिसभाको अर्को बैठक भदौ ५ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।
Facebook Comments