रौतहटमा छु*रा प्रहार गरी एक युवकको ह*त्या

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Hatya.jpg

जनकपुरधाम । रौतहटमा छुरा प्रहार गरी एक २२ वर्षीय युवकको हत्या भएको छ । 

रौतहटको गौर नगरपालिका–५ स्थित गौरीशंकर कलेज अगाडि भएको विवादको क्रममा यमुनामाई गाउँपालिका–५ का २२ वर्षीय सहाबुद्दीन मियामाथि छुरा प्रहार भएको हो ।

गम्भीर घाइते अवस्थामा उनलाई प्रादेशिक अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा गौर नगरपालिका–३ का मनोज रामलाई पक्राउ गरेको छ । 

पक्राउ परेका राममाथि थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


Facebook Comments