देउवा भन्छन्– ‘म त हार्छु भनेको थिएँ, तै पनि जितिछु’

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/534940557_1319175239577637_685910760209823179_n.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताभन्दा ठूलो कोही नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै उनले आफू धेरै पटक प्रधानमन्त्री भएकोमा प्रश्न गर्नेहरूलाई जवाफ दिएका छन् ।

देउवाले आफूलाई जनताले जिताएर पठाएको र सांसदहरूको सहयोगका कारण मात्र प्रधानमन्त्री भएको स्पष्ट पारेका हुन् । उनले भने, ‘म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले?’

देउवाले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमा कहिल्यै नहारेको दाबी गर्दै धेरै नेताहरूले आफूलाई हराउन खोजे पनि सफल हुन नसकेको बताए । 

‘म त हार्छु भनेको थिएँ, तै पनि जितिछु,’ उनले भने । उनले आफ्नो धेरै उमेर नभएकोले कसैले चिन्ता नगर्न पनि आग्रह गरे ।


Facebook Comments