झापामा करेन्ट लागेर मृ*त्यु हुनेको संख्या बढ्दै, ३ दिनमा २ जनाको मृ*त्यु

झापा । माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ । स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई दिनअघि मात्र बिग्रिएको टेबल पङ्खा बनाउने क्रममा करेन्ट लागेर मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको मृत्यु भएको थियो । झापामा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरीका प्रवक्ता खगेन्द्र खड्काले बताए ।
Facebook Comments