गाँ*जा सेवन गर्ने क्रममा विवाद, चक्कु प्रहार गरी युवकको ह*त्या

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

रौतहट । यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । आज अपरान्ह ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले एक्कासी चक्कु प्रहार गर्दा मियाँको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका मियाँलाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर पु¥याउँदा मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रविक्रम गिरीले जानकारी दिए ।  

लागुऔषध सेवन गरी चक्कु प्रहार गरेको अभियोगमा रामलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । मृतकको शव सनाखत भई आफन्तलाई बुझाउने प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।   


Facebook Comments