वनको झाडीमा भेटियो खोटाङकी रेश्मिकाको श*व


खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छन् ।
उनी दिप्रुङ चुइचुम्मा–५, सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् ।
सोमबार साँझ कार्यालयबाट निस्केपछि उनी रातिसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो । त्यस क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको जानकारी दिएका छन् ।
Facebook Comments