जेन–जी आन्दोलनले मिडियामा क्षति, पत्रकार महासङ्घद्वारा अनुगमन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c9363876f3d.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट, थाहासञ्चार नेटवर्क लगायतका विभिन्न सञ्चारगृहमा ठूलो क्षति पुगेको छ ।

नेपाल पत्रकार महासङ्घले स्थलगत अनुगमन गरी भौतिक संरचना ध्वस्त भए पनि सञ्चारकर्मीले पत्रकारितालाई जीवित राखेर लोकतन्त्रको रक्षा गरेको निष्कर्ष निकालेको छ ।

महासङ्घका अध्यक्ष निर्मला शर्माका अनुसार आन्दोलनकारीले सञ्चारगृहका भवनमा आगजनी, तोडफोड गर्नुका साथै पत्रकारहरूलाई शारीरिक कुटपिट गरेको पाइएको छ ।

अध्यक्ष शर्माले आन्दोलनको बहानामा आ–आफ्नो स्वार्थ बोकेका समूहले नियोजित ढङ्गले सञ्चारगृहमाथि आक्रमण गरेको पाइएको बताएकी छन् ।

महासङ्घले अब घाइते पत्रकारको उपचार र मिडियामा भएको क्षतिको क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

यस सम्बन्धमा विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने पनि उनले जानकारी दिएकी छन् ।


Facebook Comments