रसुवागढीको बेलिब्रिज दसैँअघि तयार हुने


रसुवा । नेपाल–चीन सीमा क्षेत्र रसुवागढीस्थित ल्हेन्दे खोलामा निर्माणाधीन ‘बेलिब्रिज’ दसैँअघि नै सम्पन्न हुने भएको छ ।
चीनले पुल निर्माणलाई प्राथमिकता दिएर तीव्र गतिमा काम गरिरहेकाले यस्तो सम्भावना देखिएको सीमा सुरक्षाकर्मीले बताएका छन् ।
चिनियाँ पक्षले आफ्नोतर्फको काम पूरा गरिसकेको छ भने नेपालतर्फ पनि पिलर राख्ने र भुइँ ढलान गर्ने काम आज सकिएको छ । केही दिनअघि मात्र खोलामा हिमपाइप राखेर जग खन्ने उपकरण नेपालतर्फ ल्याइएको थियो ।
दिनहुँजसो भइरहेको वर्षाका कारण काममा केही अवरोध भए पनि पुलको काम द्रुत गतिमा भइरहेको फिल्ड सुपरभाइजरले बताएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पनि चिनियाँ पक्षको काम गर्ने गति हेर्दा दसैँअघि नै पुल निर्माण भई चीनतर्फको आवतजावत सहज हुने अपेक्षा गरिएको बताए ।
Facebook Comments