जेन–जी आन्दोलनपछि माधव नेपाल पनि सार्वजनिक

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c928b76c2e0.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ‘जेनजी’ आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।

आन्दोलन उग्र बनेपछि नेपाली सेनाको सुरक्षामा रहेका नेपाल आज कोटेश्वरस्थित आफ्नो क्षतिग्रस्त घरको अवलोकन गर्न पुगेका हुन् ।

प्रदर्शनकारीले भदौ २४ गते अध्यक्ष नेपालको घरमा आगजनी गरिदिएका थिए ।

अध्यक्ष नेपालसँग उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य सुदेश पराजुली र अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ लगायतका नेताहरू पनि उपस्थित थिए ।


Facebook Comments