कम्प्युटर शिक्षकको दरबन्दी थप्न र ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्न मन्त्री पुनको निर्देशन

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d17aa3a95e4.jpg

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले मंगलबार तीनवटा निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत मन्त्री पुनले देशभरका सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गरेको जानकारी गराएका छन् ।

यस्तै विश्वविद्यालयहरूले बढीमा ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयका झाडी फाँडेर बगैँचा बनाउनुपर्ने गरी निर्देशन दिएको उनले बताए।

मन्त्री महावीर पुनले लेखेका छन्-
मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा सानासाना कदमहरू हेर्नुहोस्-

१. नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने।

२. केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिदिने। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।

३. त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर ९ठूला रुख नकाट्ने० सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।


Facebook Comments