मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्छ : अध्यक्ष ओली

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d558bcc6285.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्ने बताएका छन् । 

भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग आज भएको छलफलमा अध्यक्ष ओलीले लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प नभएको उल्लेख गरे । उनले भने, “हामीले देश बचाउनु छ, देशमा सुशासन र विकास गरेर देशलाई अगाडि बढाउनुपर्नेछ ।” उनले अभिव्यक्ति स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने बताए । 


Facebook Comments