काठमाडौं महानगरपालिकाले दियो नाम्खा गाउँपालिकालाई एम्बुलेन्स

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d54cdedad27.jpg

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ । नाम्खा गाउँपालिका–५ स्थित मुचु स्वास्थ्य चौकीलाई काठमाडौं महानगरपालिकाले आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण महानगरले मंगलबारदेखि सुरु गरेको थियो । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले महानगरले प्रदान गरेको एम्बुलेन्स बुझ्नु भएको हो । महानरगले सहयोग गरेको एम्बुलेन्सले नाम्खा गाउँपालिकाका मात्रै नभएर अन्य स्थानीय तहका बिरामीहरुलाई सहयोग पुग्ने उपाध्यक्ष लामाले बताए । 

काठमाडौं महानगरपालिकाले देखाएको सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाप्रति उच्च प्रशंसा व्यक्त गर्दै नाम्खा गाउँपालिकाले धन्यवादसमेत दिएको छ । पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई महानगरले एम्बुलेन्स वितरण गरिरहेको छ ।  


Facebook Comments