जेन–जी जाँचबुझ आयोगका अध्यक्ष कार्कीको निष्पक्षतामाथि प्रश्न?

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68db9f2781166.jpg

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ ।

विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्कीले आन्दोलन जारी रहेकै बेला सामाजिक सञ्जालमा राजनीतिक दलका नेताहरूलाई (ओली र देउवा) थुन्नुपर्ने लगायतका धारणा सार्वजनिक रूपमा व्यक्त गरेका थिए ।

मानवअधिकार एलाइन्सले मंगलबार अपिल जारी गर्दै आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

एलाइन्सले गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्ति प्रति पनि आपत्ति जनाएको छ । मन्त्रालयले आयोगको प्रतिवेदन नआउँदासम्म नियमित संयन्त्रबाट कारबाही अगाडि नबढाइने भनी गरेको निर्णयले फौजदारी न्याय प्रणालीलाई असर पार्ने र दण्डहीनतालाई प्रश्रय दिने स्पष्ट सङ्केत देखिएको बताएको छ ।

एलाइन्सले यो निर्णय मुलुकी अपराध संहिताको विपरीत रहेको भन्दै त्रुटिपूर्ण निर्णय सच्याउन जोडदार माग गरेको छ । यसका साथै, एलाइन्सले जेलबाट भागेका दोषी ठहर भएका व्यक्तिहरू अझै बाहिरै रहेकोले शान्ति, सुरक्षाको सुनिश्चितता नभएकोतर्फ पनि ध्यानाकर्षण गराएको छ ।


Facebook Comments