नयाँ जीवित देवी स्थापित : आर्यतारा शाक्य बनिन् कुमारी


काठमाडौं । काठमाडौंको इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा नयाँ जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ ।
आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो । नयाँ कुमारीलाई आसन ग्रहण गराएलगत्तै यसअघिकी कुमारीको पनि विधिवत् रूपमा बिदाइ गरिएको छ ।
कुमारीलाई महालक्ष्मीको प्रतीक मानेर पूजाआजा गर्ने गरिन्छ । गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवाला पक्षको सल्लाह तथा परामर्शमा विधिवत् प्रक्रिया पूरा गरी आर्यतारालाई नयाँ कुमारीमा चयन गरिएको हो ।
कुमारी घरमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ । यो कुमारी परम्परा तत्कालीन राजा जयप्रकाश मल्लले स्थापना गरेको मानिन्छ ।
Facebook Comments