भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माण ठप्प

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68db960cda06e.jfif

कञ्चनपुर । भारतीय पक्षको अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ ।

बेलौरी नगरपालिका–८, पचुँइस्थित सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्गको करिब ७०० मिटर सडकखण्डको ठेक्का आव २०७३/७४ मै भए पनि काम अगाडि बढ्न सकेको छैन ।

नगरप्रमुख पोतिलाल चौधरीका अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीले ’इस्ट्रिप नक्सा’ लाई आधार मान्दै सडक निर्माणमा अवरोध पुर्याउँदै आएको छ । भारतीय पक्षले सडक सीमा क्षेत्रभित्र पर्ने भन्दै अवरोध गरेको हो ।

अवरोध भएको सडकखण्डको दक्षिणतर्फ नेपाली जग्गाधनी पुर्जा भएको जमिन नेपालीहरूले वर्षौंदेखि भोगचलन गर्दै आएका छन् । नगरप्रमुख चौधरीले सडक निर्माणका लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्रीलाई पत्राचार मार्फत अवगत गराइएको जानकारी दिए ।


Facebook Comments