अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा

User Image मेयरसाप डेस्क | २०८२ असोज १४ गते १७:२१
Image of https://mayorsap.com/storage/photos/10/68db88520818f.JPG

देवदह । लायन्स क्लब अफ सिद्धार्थनगर युथले आफ्नो नवौँ स्थापना दिवस र बडादशैँको अवसर पारेर अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका २२ जना बालबालिकालाई क्लबले सोमबार नयाँ कपडा वितरण गरेको हो ।

क्लबका अध्यक्ष युवराज श्रेष्ठका अनुसार बालबालिकालाई टीका लगाउनुका साथै दक्षिणा पनि प्रदान गरियो । त्यस्तै, उनीहरूलाई एक छाक खाना पनि खुवाइएको थियो ।

कार्यक्रम संयोजक सचिन्द्र तुलाधरले ’अभिभावक नभएको अनुभूति नहोस्’ भन्नका लागि फरक ढंगले स्थापना दिवस मनाउने प्रयासस्वरूप यो कार्यक्रम गरिएको बताए ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले क्लबले अरूको जीवनमा खुसी ल्याउने उद्देश्यले गरेको यो कार्य सराहनीय रहेको बताए ।


Facebook Comments