ठूला नेतालाई बलपूर्वक विदाइ नगरेसम्म देश बन्दैन : प्रभु साह

User Image मेयरसाप डेस्क | २०८२ असोज १४ गते १७:१३
Image of https://mayorsap.com/storage/photos/10/68db7bb38cfe8.jpg

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशको उन्नति र जनताको भलाईका लागि ठूला दलका ठूला नेताहरूलाई राजनीतिबाट बलपूर्वक विदाइ गर्नुपर्ने धारणा राखेका छन् ।

रौतहटको चन्द्रपुरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिण्डिकेटधारी दल र तिनका नाइकेहरूलाई विदा नगरिएसम्म देश अगाडि बढ्न नसक्ने टिप्पणी गरे ।

साहले सिंहदरबार लगायतका सरकारी निकायहरूमा अझै पनि ’तीन दलको छायाँ र विषादी’ कायम रहेकाले देशले अग्रगमनको बाटो समाउन कठिन भइरहेको बताए ।

अहिले देश विषम परिस्थिति बाट गुज्रिरहेको भन्दै उनले देशभक्त हरेक नेपालीलाई चनाखो रहन आग्रह गरे ।


Facebook Comments