६ वर्षपछि पहिलोपटक अमेरिकी सरकार बन्द


काठमाडौं । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा भएको छ । सन् २०१९ यता यो पहिलो सरकारी बन्द हो ।
दुवै प्रमुख पार्टीका नेताहरू यस गतिरोधका लागि एक–अर्कालाई दोषारोपण गरिरहेका छन् । रिपब्लिकनहरूले हालको कोषलाई सात हप्तासम्म विस्तार गर्न डेमोक्रेटहरूको सहमति आवश्यक भएको दाबी गरेका छन् ।
डेमोक्रेटिक नेताहरूले भने डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूलाई दोष लगाउँदै उनीहरू अमेरिकी जनताको स्वास्थ्य सेवाको रक्षा गर्न नचाहेकाले सरकार बन्द भएको आरोप लगाएका छन् ।
सरकारी बन्दका कारण लाखौँ सङ्घीय कर्मचारीहरूलाई अवकासमा पठाइनेछ । आवश्यक सेवाहरू जीवन र सम्पत्तिको सुरक्षामा खटिने कर्मचारीहरूले तलब नपाएसम्म काम गर्नुपर्ने अवस्था रहनेछ ।
यसअघिका बन्दहरूले अध्यागमन सुनुवाइहरू रद्द गर्ने र सङ्घीय ऋण उपलब्ध गराउन ढिलाइ गर्ने जस्ता समस्या ल्याएका थिए ।
बन्द कति समयसम्म रहने भन्नेबारे गहिरो अनिश्चितता छ। रिपब्लिकन नेताहरूले आवश्यक समर्थन नआएसम्म आफ्नो कोष योजनालाई दैनिक रूपमा मतदानका लागि ल्याइरहने घोषणा गरेका छन् । समाधानका लागि सिनेटरहरूबीच कुनै निश्चित सहमति नभएको सिएनएनले उल्लेख गरेको छ ।
Facebook Comments