लाङटाङ ट्रेकिङमा फसेका १२ जनाको सकुशल उद्धार

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e36e9220a46.jpg

काठमाडौं । बाढी–पहिरोका कारण रसुवाको लाङटाङ ट्रेकिङ मा फसेका १२ जनालाई सुरक्षाकर्मीले उद्धार गरी स्याफ्रुबेशी ल्याएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, श्रीनाथ गणबाट खटिएको टोलीले उनीहरूलाई सोमबारसम्म स्याफ्रुबेशी ल्याएको हो । उनीहरू कुल १६ जनाको टोली ट्रेकिङ गएका थिए ।

गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा मध्यपुर थिमि नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ छन् ।

बेपत्ताहरूको खोजीका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी बल ले पाँच स्थानमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।


Facebook Comments