जेन–जी आन्दोलनका युवा आमाको ह*त्या आरोपमा पक्राउ


काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीसँग विवाद गरेर सामाजिक सञ्जालमा भाइरल बनेका एक युवाले आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका २७ वर्षीय यमबहादुर कँडेल ’जिरे’ ले ५५ वर्षीया आमा राममाया कँडेलको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
यमबहादुरले आइतबार राति आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले पुष्टि गरेका छन् । प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई तत्काल नियन्त्रणमा लिएको थियो ।
‘मलाई गोली हानेर मार्नुस्’ जस्ता डाइलगका कारण भदौको जेनजी आन्दोलनमा भाइरल भएका तिनै युवाले आमाको हत्या गरेपछि गाउँ नै स्तब्ध भएको छ ।
Facebook Comments